
काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधका कारण बस्न नसकेको प्रतिनिधिसभाको बैठक आजदेखि सुचारु भएको छ।
विपक्षी दलहरू परराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा सम्बोधन गर्न दिन सहमत भएपछि आज दिउँसोदेखि बैठक अघि बढेको हो। तर श्रम संस्कृति पार्टीले भने विरोध जारी राखेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एक जनाले गरेको गल्ती अरूले सच्याउने भन्ने नभएको बताए।










Facebook Comments