
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसदमा सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संसद अवरुद्ध पारेपछि संसदको अवरोध खुलाउनका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बोलाएको बैठकमा कुनै निष्कर्ष निस्कन सकेन ।
बुधबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गर्दै सभापति लामिछानेले विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।
सभापति लामिछानेसँगको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा आएर आफ्ना धारणा राख्नुपर्ने माग राखे । विपक्षी दलहरुले यदि संसदमा प्रधानमन्त्री आफू आउन नसक्ने हो भने लिखित वक्तव्य कुनै मन्त्री आएर पढे हुन्छ भन्ने विकल्प प्रस्ताव गरे पनि रास्वपाका नेताहरुले भने यसलाई अस्वीकार गरेको समाचारस्रोतले जनाएको छ ।










Facebook Comments