काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।


प्रतिपक्षी दलहरूको अडान र अवरोधबीच प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए। तर बैठक सुरू हुनु अगावै सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

ad

प्रधानमन्त्री बालेन शाहले सीमाबारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूले विरोध जारी राख्दा बैठक अवरुद्ध बन्दै आएको छ ।