
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अगाडि संसदको रोष्टममा उभिएर दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बैठक भोलि बुधबार बिहान ११ बजेका लागि डाकिएको छ ।
आज बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदलाई बोल्न समय दिएका थिए।
उनीहरूले प्रधानमन्त्री शाहको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे। प्रधानमन्त्री शाहले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्ने पनि उनीहरूको माग छ।










Facebook Comments