
काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि संसदमा दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडानमा रहेका प्रतिपक्षी दलहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा विरोध जारी राखेका छन् ।
यसैक्रममा प्रतिपक्षी दलहरुले आज विरोधको भिन्न शैली अपनाएका छन् । सामान्यतया शहीदको सम्झनामा प्राय एक मिनेट मौन धारण गर्ने चलन छ । तर, आज प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलका सासदहरुले शहीदको सम्झनामा ५ मिनेट मौनधारण गरेका छन् ।
आजको बैठक सुरु हुनासाथ कांग्रेस लगायत विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर गत भदौमा भएको युवा विद्रोह र विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मौनधारण गरेका हुन् ।
नेपाल देशलाई एकीकरण गर्न, विश्वभर उपनिवेश प्रथा हाबी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड र एकतावद्ध राख्न पृथ्वीनारायण शाह देखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भिमसेन थापा लगायत महान् योद्धाहरूको योगदानको कथा स्मरण गर्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले मौन धारणका लागि आग्रह गरेका थिए ।










Facebook Comments