काठमाडौं । म्याग्दीबाट जितेका स्वतन्त्र सांसद महावीर पुन रास्वपा नेतृत्वको वर्तमान सरकारमा मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा  पुनलाई नियुक्तिका लागि आज सिफारिस गरेका छन् । 
पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।

ad

फागुन २१ गते प्रतिनिधिसभा चुनाव लड्नका लागि उनले शिक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।