काठमाडौँ । फिफा विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई विमानस्थलबाटै फर्काइएको छ।  

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट मेक्सिको प्रस्थान गर्ने अनुमति नदिएका हुन् । 

ad

आज बिहान उनीहरू त्रिभुवन विमानस्थल पुगेका थिए । राहदानी ‘वाच लिस्ट’मा रहेको हुनाले उनीहरूलाई फर्काइएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले जानकारी दिएका छन् ।

यसअघि एन्फाको विषयमा छानविन गर्दा खेलकुद परिषदले एन्फाका अध्यक्ष नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न सिफारिस गरेको थियो। एन्फाका पदाधिकारीको पासपोर्ट अझै पनि फुकुवा भएको छैन।