काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फेरि गृहमन्त्रीमा सुधन गुरुङलाई जिम्मेवारी दिने भएका छन् । प्रधानमन्त्री शाहले गुरुङलाई आज नै गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

आज दिउँसो ३ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ ।  यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न २८ वैशाखमा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए ।

ad

छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन मन्त्रिपरिषद्को आज बसेको मन्त्रिपरिषद बैठकले ग्रहण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।