काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते बस्ने भएको छ ।

बैठक जेठ २७ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

ad

बैठकमा उपसमिति संयोजकहरूले अवधारणापत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहिता उपर छलफल गर्ने, थप उपसमितिको जिम्मेवारी निर्धारण गर्ने र समसामयिक विषयका प्रस्ताव रहेको उनले बताए ।