
नेपाली कांग्रेसले संसद अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठक समेत बहिष्कार गर्ने भएको छ।
प्रधानमन्त्री बालेन शाहले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए।
आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेनले 'नेपालले पनि भारतको भूमि मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेकाे छ ।
सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
यस्तोमा कांग्रेसले संसदीय समितिहरूका बैठक पनि बहिष्कार गर्ने रणनीति अपनाएको हाे।










Facebook Comments