एनआइसी एसिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ।

ad

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण सेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरू पारित गरेको छ।

सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ।