काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलका सांसदहरुले अवरोध गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहले हिजो संसद्‌को रोष्ट्रममा उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिका विरुद्ध विपक्षी दलहरूका सांसदहरुले प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै सदनमा नाराबाजी गरेका हुन् ।

ad

निर्धारित समयभन्दा ढिला गरी सुरु भएको बैठकमा सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका छन् । विपक्षी सांसदहरूले प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् । 


विरोधकै बीच सभामुखले विपक्षी दलका सांसदहरूलाई बोल्न समय दिएका छन्। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अनुमानको आधारमा मुलुक नचल्ने भन्दै नेपालले भारतको जमिन मिचेको प्रमाण छ भने सार्वजनिक गर्न माग गर्दै यदि प्रमाण बिना प्रधानमन्त्रीले बोलेका हुन् भने ति शब्द संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरे ।