
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज मध्याह्न नयाँदिल्ली प्रस्थान गरेका छन् ।
भ्रमण टोलीमा लामिछानेकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य रहेका छन् ।
भारतीय सत्तारुढ दल भाजपाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भने सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ । अध्यक्ष नवीनकै निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएको बताइएको छ ।










Facebook Comments