
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हिजो प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिप्रति आज राष्ट्रियसभाको बैठकमा सांसदहरुले विरोध गरेका छन् ।
बैठकमा सीमा विवादबारेको प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति आपत्तै जनाउँदै सांसदहरुले अवरोध गरेपछि बैठक २० मिनेटको लागि स्थगित भएको हो ।
आकस्मिक समयमा कुरा राखेपछि सांसदहरु उठेका हुन् । विरोध भएपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बैठक स्थगित गरेका हुन् ।प्रधानममन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी सांसदहरुले दिएका छन्।










Facebook Comments