काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हिजो प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा  ‘नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।


एमालेका महासचिव शंकर पोखरलले आज वक्तव्य जारी गर्दै ‘देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको भन्दै ‘यस प्रकारको राष्ट्रहीत प्रतिकूल अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको छ । 

ad

प्रधानमन्त्रीले सीमा विवादबारे तेस्रो पक्षलाई जोडेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता हो,’ वक्तव्यमा उल्लेख छ ।