काठमाडौँ । सरकारले चुरोट र रक्सीमा अन्तःशुल्क बढाएको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोट र रक्सीमा १० प्रतिशतले अन्तःशुलक वृद्धि गरिने घोषणा गरेका हुन् ।

ad

स्वास्थ्य जोखिम न्यूनिकरण र राजस्व वृद्धि गर्ने उद्धेश्यले यस्तो कर नीति अघि सारेको अर्थमन्त्री वाग्लेले बताएका छन् । 

योसँगै अब नेपाली बजारमा चुरोट र रक्सीको मूल्य पनि बढ्ने पक्का देखिएको छ ।