
सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको ।
कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ ।
भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ ।
सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ । जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ ।
इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा समेत अर्थमन्त्रीले गरे ।
शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने समेत अर्थमन्त्री वाग्ले गरे ।
सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्याएको हो ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए । अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।
हाल एकल व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा वार्षिक ५ लाख तथा विवाहित व्यक्तिका हकमा ६ लाखको सीमा कायम छ ।










Facebook Comments