
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य र पश्चिम तराईका गरी २१ जिल्लामा आज राती हावाहुरीको चेतावनी दिंदै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले फेसबुक पेजमार्फत् सूचना जारी गर्दै तराईका २१ जिल्लामा चेतावनी नै दिइएको छ र सतर्क रहन भनिएको छ भने पहाडी तथा भित्री मधेसमा भने अद्यावधिक रहन भनेको छ ।
महाशाखाले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी (बर्दघाट सुस्ता पूर्व), चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा जिल्लालाई चेतावनी दिइएको छ।
‘आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ। नक्सामा सुन्तला रङ लगाइएको तराई क्षेत्रका बासिन्दाले सतर्क रहनु होला। पहेंलो रङ लगाइएको पहाडी क्षेत्रका बासिन्दाले मौसमबारे जानकारी लिदै गर्नुहोला,’ विभागले सूचनामार्फत आग्रह गरेको छ ।









Facebook Comments