
काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्षकमलेश कुमार अग्रवालर नेपालका लागिसाउदी अरेबियाका राजदूतफाहद मोहम्मद ए. मनिकरबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपाल–साउदी सम्बन्धलाई आर्थिक, व्यापारिक तथा लगानी सहकार्यमार्फत अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ।
चेम्बर सचिवालयमा आयोजित भेटमा द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, लगानीका सम्भावना तथा खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षालगायत विषयमा विचार आदानप्रदान गरिएको थियो।
अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालको महत्वपूर्ण आर्थिक साझेदार रहेको उल्लेख गर्दै वैदेशिक रोजगारी, विप्रेषण र लगानीका दृष्टिले उक्त देशको योगदान उल्लेखनीय रहेको बताए। उनका अनुसार नेपाल–साउदी व्यापार हाल करिब १० मिलियन अमेरिकी डलरको हाराहारीमा पुगेको छ, जसमा अधिकांश हिस्सा आयाततर्फ केन्द्रित रहेको छ।
उनले नेपालमा जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि र जडीबुटी क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक स्थिरताले निजी क्षेत्र उत्साहित बनेको धारणा राखे। साथै उनले साउदी लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह पनि गरे।
अग्रवाललेसाउदी भिजन २०३०अन्तर्गत सञ्चालन भइरहेका नियोम, द रेड सी र क्युदिया जस्ता विशाल परियोजनामा नेपाली जनशक्ति र व्यवसायिक क्षेत्रले योगदान दिन सक्ने सम्भावना रहेको बताए।
त्यस अवसरमा राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानीका लागि थप खुला बन्दै गएको उल्लेख गरे। उनले२०३४ फिफा विश्वकपरएक्स्पो २०३०जस्ता अन्तर्राष्ट्रिय आयोजनाले पूर्वाधार, सेवा र लगानी क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
छलफलका क्रममा पश्चिम एसियाको वर्तमान परिस्थितिबारे पनि कुराकानी भएको थियो। दुवै पक्षले त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्षदिपक कुमार मल्होत्राले नेपालमा लगानीमैत्री वातावरण क्रमशः सुदृढ बन्दै गएको बताए।
नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीच श्रम, व्यापार, पर्यटन, पूर्वाधार र लगानीलगायत क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ।










Facebook Comments