
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ले समान विचारधारा भएका राजनीतिक दलहरूसँग एकता र सहकार्यको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न दल तथा मोर्चासँग संवाद र एकता वार्ता गर्ने नीति पारित गरेको हो।
एकता पहललाई प्रभावकारी बनाउन पार्टीले केन्द्रीय सदस्यहरू रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्रकुमार झालाई वार्ता टोलीको जिम्मेवारी दिएको छ।
यसअघि जसपा नेपालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सँग एकता गरिसकेको छ। अब पार्टीले जनमत पार्टी लगायत अन्य मधेश केन्द्रित शक्तिसँग पनि छलफल अघि बढाउने तयारी गरेको जनाएको छ।
पछिल्लो निर्वाचनपछि मधेशमुखी दलहरूबीच राजनीतिक ध्रुवीकरण र एकताको आवश्यकता बारे बहस बढ्दै गएको छ। त्यसैको निरन्तरता स्वरूप जसपा नेपालले नयाँ राजनीतिक समीकरण निर्माणतर्फ कदम चालेको देखिएको छ।










Facebook Comments