काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने र संसदमा उपस्थित नभएको बिषयप्रति गम्भीर ध्यानाकर्षण गर्र्दै यो प्रधानमन्त्रीको जनताप्रति अनुत्तरदायी र गैरजिम्मेवारीपन भएको ठहर गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो । गणतन्त्र दिवसको अवसरमा टुँडिखेलको कार्यक्रममा जान नसक्ने कारण खुलाएको भए उपयुक्त हुन्थ्यो । कारण पनि नखुलाउने र सम्बोधन पनि नगर्ने कार्य गैरजिम्मेवारपन हो,’ थापाले भनिन् ।

ad

प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका छन्। 

सरकारले गरेका हरेक काम र निर्णयका कारण जनता निराश हुन थालेको निष्कर्ष बैठकले निकालेको प्रमुख सचेतक वासना थापाले बताईन् ।