काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ। बुधबार आयोगले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गरेको हो। 

जसमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा. तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र अमित खनाल छन्।

ad

जेनजी आन्दोलनमा उनीहरूको भूमिका रहेको भन्दै आयोगले अनुसन्धान प्रतिवेदनको १० नम्बर बुँदामा उनीहरूको भूमिका देखिएको उल्लेख गरेको छ।