काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।


नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनता प्रधानमन्त्रीको दृष्टिकोण सुन्न आतुर रहेको भन्दै गणतन्त्र दिवसमा सम्बोधन गर्नुपर्ने बताए । 

ad

उनले भने– ‘मैंले आशा गरिरहेको छु, राष्ट्रबारे के सोच बनाउनुभएको छ, राष्ट्रको दिशा कहाँ लैजानुहुन्छ भन्नेबारे हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा टुँडिखेलको मञ्चबाट सम्बोधन गर्नुपर्छ । उहाँको दृष्टिकोण सुन्नका लागि आज सम्पूर्ण जनता आतुर छन् ।

संघर्षका उपलब्धिबारे र मुलुकलाई कता लैजाने भन्नेबारे प्रधानमन्त्रीले सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।