काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने भए आफूलाई सभाबाट निकाल्न सभामुखसँग माग गरेका छन् ।

आज  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने–सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग हामीले धेरै गरेपनि प्रधानमन्त्री उपस्थित हुनु भएन। सभामुखले पनि रुलिङ गरेर उहाँलाई ल्याउन सक्नु भएन, ‘प्रतिनिधिसभा नियमावली १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर सदनमा ल्याउन सक्नु हुन्न भने सभामुखज्यूले नियमावली ३१ को (१) लागू गरेर मलाई सदनबाट निस्काशन गर्नुहोस्।

ad

राईले आफ्ना भनाई राखिसकेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई आफ्नो आसनमा बसेर सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे। तर, राई भने सदनबाट बाहिरिएका छन्।