काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य  बीमाका सेवा स्थगित गरेको छ ।  

जेठ ११ गते बसेको बोर्डको बैठकले बोर्डमा बढ्दै गएको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिकबाहेकका सम्पूर्ण सेवामा यो बन्द गर्ने निर्णय गरिएको हो ।

ad

स्वास्थ्य  बीमा बोर्डको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य  बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य  बीमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागु हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ, बोर्डको निर्णयमा भनिएको छ ।