विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताएका छन् । 


नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले  पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिए ।

ad

महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने बताए । 
उनले वर्तमान सरकार जनताको हितमा काम गर्दै सदन र जनताप्रति जवाफदेही एवं उत्तरदायी बत्रुपर्ने सुझाव दिए । कार्यक्रम युनियनका मोरङका अध्यक्ष वेदराज पौडेलको अध्यक्षतामा भएको थियो ।