
काठमाडौँ । नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद् सरकारको प्रशंसा मात्रै गर्ने स्थान नभएको टिप्पणी गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद् प्रतिपक्षको आवाज उठ्ने थलो भएकाले सरकारप्रति प्रश्न उठाउनु स्वाभाविक भएको बताइन् ।
सरकारले अपेक्षित इमानदारिता र सहमतिप्रतिको प्रतिबद्धता नदेखाएको आरोप लगाउँदै अर्यालले बाहिर सहमति गर्ने तर सदनमा आएपछि जबर्जस्ती अघि बढ्न खोजिएको अवस्था देखिएको उल्लेख गरिन् । उनले प्रतिपक्षी सांसदहरूले बोलेपछि पटक–पटक अवरोध र दबाबको अवस्था सिर्जना गरिएको समेत गुनासो गरिन् ।
‘संसद् सरकारको गुणगान गर्ने मञ्च होइन, यो प्रतिपक्षले जनताको आवाज उठाउने ठाउँ हो,’ अर्यालको भनाइ थियो ।










Facebook Comments