काठमाडौं । प्रतिनिधिसभामा विपक्षीहरूको अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले कार्यसूची अघि बढाएका छन् ।
संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षी दलका सांसदहरूले विरोध गरेका थिए ।

विपक्षी दलहरुले नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मिति तोक्न माग गरे पनि त्यसको वेवास्ता गर्दै सभामुख अर्यालले बैठक अघि बढाएका हुन्। 

ad

प्रतिनिधि सभा बैठक मंगलबार कार्यसूचीतर्फ अघि बढेपछि विपक्षी दलका सांसदहरुले उभिएर विरोध गरेका थिए। उनीहरुले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय निर्धारण गर्न सभामुखको ध्यानाकर्षण गराए । विपक्षी दल विरोध जारी राखेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।