काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन हुनुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले शक्तिशाली आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न समेत माग गरेका हुन्।

ad

आयोगमा संविधानविद्,राजनीतिक दल,प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ थियो । सांसद केसीले संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित हुन नहुने पनि बताए । सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र कार्यदल गठन गरेको छ।

बृहत्त राष्ट्रिय संवादबाट मात्र संविधान संशोधनले वैधता,जनविश्वास र साझा राष्ट्रिय सहमतिका साथै दीर्घकालीन स्थिरता,लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्न सक्ने उनले बताए ।