काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जिबी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नहुने बताए । उनले भने–जिबी राई कहिले पक्राउ पर्छन् सरकार । 

ad

उनले बादर आतङ्कको अन्य कहिले हुन्छ ? सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरे । उनले सुमुमवासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? भनी प्रश्न पनि गरेका छन् ।