काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।


प्रदर्शनमा सहभागीहरुले सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे, हाम्रो मेहनत, हाम्रो अधिकार, पास भएकालाई न्याय दे, इपिएस प्रणाली पारदर्शी बनाऊ लगायतका नारा लगाएका थिए ।

ad

प्रदर्शनमा उत्रिएका युवाहरुले योग्य र परीक्षा उत्तीर्ण युवाहरूलाई निष्पक्ष रूपमा दक्षिण कोरिया पठाउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।