काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेन्द्रकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको थियो । यसअघि प्रधानमन्त्रीले विशेष समारोहलाई सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा रहेको थियो। तर, अहिले प्रधानमन्त्री शाहले आफूले सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्न पत्रमार्फत सिफारिस गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

ad

राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्नका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालयबाट पत्र आएको स्रोतले जनाएको छ।