काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीविरुद्ध पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सोमबार  सुनुवाइ सुरु भएको हो । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो ।
 
विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा वारेशमार्फत सर्वोच्च पुगेका हुन् ।  रिटमा जिल्ला अदालतलाई पक्राउका लागि क्षेत्राधिकार नभएको दाबी देउवाको छ । देउवाको तर्फबाट संयुक्त इजलासमा सुनुवाइ चलिरहेको छ ।

ad