काठमाडौं । पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने माग गर्दै नेविसंघका कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा  आज दिउँसो धर्ना दिएका छन् ।


पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । धर्नाकारीहरुले  ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

ad