
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा सुरु भएको छ । बैठक शुक्रबारदेखि जारी छ ।
शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् ।
आजको बैठकमा चार जना सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, यामलाल कँडेल, खगराज अधिकारीले धारणा राख्ने नेताहरुले बताएका छन् । आज सकिने सचिवालय बैठकले अध्यक्षले प्रस्ताव गरेको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिनेछ।
निर्वाचन समीक्षा गर्न, संविधान संशोधन कार्यदल बनाउनका लागि भने केन्द्रीय कमिटी बैठक आह्वान गरिने पनि नेताहरुले बताएका छन् ।









Facebook Comments