
धरान । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनजस्तो महत्वपूर्ण विषयलाई गम्भीरता र जिम्मेवारीका साथ अगाडि बढाउनुपर्ने बताएका छन्।
सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनका विषयमा हतार वा राजनीतिक स्वार्थभन्दा माथि उठेर परिपक्व निर्णय आवश्यक रहेको धारणा राखे।
उनले संविधान संशोधन राष्ट्रिय महत्वको विषय भएकाले सबै पक्षबीच सहमति र समझदारी कायम गर्दै प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
सभापति थापाले सुकुम्बासी व्यवस्थापनका विषयमा पनि सरकार थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताए। उनले वास्तविक समस्यालाई बुझेर दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी गत भदौ २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे। घटनाको सत्यतथ्य बाहिर ल्याएर नागरिकलाई जानकारी गराउनु आवश्यक रहेको उनको भनाइ थियो।









Facebook Comments