काठमाडौं । व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि विभिन्न पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो चुनौती बन्दै गएको छ । एउटै ब्रान्डका लागि एक ठाउँ र अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, सही निर्णय लिन पनि जटिलता सिर्जना गरिरहेको छ ।

यही समस्याको समाधानका रूपमा चौधरी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको सीजी इलेक्ट्रोनिक्सको सीजी डिजिटलले ‘एकै छानामुनि सबै ब्रान्ड’ अवधारणासहित नेपाली बजारमा आफूलाई फरक पहिचानका साथ स्थापित गर्दै आएको छ । नेपालभर फैलिएका २८ वटा अत्याधुनिक शोरूममार्फत सीजी डिजिटल र एलजी ब्रान्ड शपले ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादन अवलोकन, तुलना तथा खरिद गर्ने सुविधा उपलब्ध गराइरहेका छन् ।

ad

सीजी डिजिटलमा ग्राहकले एलजी, सीजी, टीसीएल, गोडरेज, माइडिया, क्रम्पटन, बेको, सेन्सेई, केन्ट, एलिका, सीजी मेरिडिया, ब्ल्याक प्लस डेकर तथा बर्ली जस्ता विश्वसनीय ब्रान्डका उत्पादन सहज रूपमा पाउन सक्छन् । त्यसैगरी नथिङ, मोटोरोला र एआई प्लसजस्ता मोबाइल ब्रान्डहरू पनि एउटै स्थानमा उपलब्ध छन् ।

उपभोक्ता केवल सस्तो मूल्य मात्र नभई गुणस्तरीय, विश्वासिलो तथा भरपर्दो सेवा खोजिरहेका छन् । बजारमा विकल्प धेरै भए पनि कुन उत्पादन उपयुक्त हो भन्ने निर्णय लिन ग्राहकलाई चुनौती हुने गरेको छ । सीजी डिजिटलले यही आवश्यकतालाई मध्यनजर गर्दै आधिकारिक, विश्वसनीय तथा गुणस्तरीय ब्रान्डहरू एउटै स्थानमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

एउटै शोरूममा विभिन्न ब्रान्ड तुलना गर्न सकिने भएकाले ग्राहकले आफ्नो आवश्यकता, बजेट तथा प्राथमिकताअनुसार सहज रूपमा निर्णय लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसले धेरै पसल धाउनुपर्ने झन्झट हटाउनुका साथै खरिद अनुभवलाई अझ सहज, छिटो तथा विश्वसनीय बनाएको विश्वास गरिएको छ ।

कम्पनीका अनुसार सीजी डिजिटल केवल उत्पादन बिक्री गर्ने उद्देश्यमा सीमित नभई ग्राहकलाई विश्वसनीय समाधान प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । एउटै स्थानमा विभिन्न ब्रान्डका उपकरण उपलब्ध गराएर ग्राहकको समय बचत गर्नु तथा निर्णय प्रक्रियालाई सहज बनाउनु कम्पनीको प्राथमिकतामध्ये एक रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी विश्वकपको माहोललाई थप उत्साहजनक बनाउन सीजी डिजिटलले आकर्षक छुट, विशेष उपहार तथा सजिलो फाइनान्स सुविधा पनि सार्वजनिक गरेको जनाएको छ । यस अफरमार्फत ग्राहकहरूले उत्कृष्ट ब्रान्डका टेलिभिजन तथा होम एप्लायन्सेस सहज मूल्यमा खरिद गर्न सक्नेछन् ।

आधुनिक शोरूम अनुभव, विश्वसनीय ब्रान्ड, ग्राहकमैत्री सेवा तथा नेपालभर फैलिएको २८ वटा शोरूम सञ्जालका कारण सीजी डिजिटल र एलजी ब्रान्ड शप नेपाली उपभोक्ताको पहिलो रोजाइ बन्दै गएको कम्पनीको दाबी छ ।