काठमाडों । कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा  सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् ।


बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

ad

 बेहोसमध्ये गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।