काठमाडौं । सरकारले इस्लाम धमार्वलम्बीको महान चाड ईद–उल–अज्हा भनिने बकर ईदको अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।










Facebook Comments