
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियान अन्तर्गत छात्रवृत्ति दिएको हो । सो छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको हो ।
आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् ।










Facebook Comments