काठमाडौं । एनएमबि बैंकले तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरेको हो ।

ad

कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख राजिव रञ्जित लगायतले संयुक्त रुपमा वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख रञ्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताए ।