
काठमाडौं । नेकपा (एमाले) ले पार्टी पदाधिकारीहरूको नयाँ वरीयताक्रम निर्धारण गरेको छ। आगामी सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने तयारीसहित अध्यक्षदेखि सचिवसम्मको क्रम मिलाइएको हो।
नयाँ वरीयताअनुसार अध्यक्ष केपी शर्मा ओलीपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ दोस्रो स्थानमा परेका छन्। त्यसपछि क्रमशः विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तलाई राखिएको छ।
विशेषगरी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदमा सबैभन्दा धेरै मत ल्याएका थिए। तर, नयाँ वरीयतामा उनी चौथो स्थानमा सीमित भएका छन्।
महासचिव शंकर पोखरेल सातौँ वरीयतामा छन्। उपमहासचिवहरूमा लेखराज भट्ट पहिलो, रघुवीर महासेठ दोस्रो र योगेश भट्टराई तेस्रो क्रममा राखिएका छन्।
सचिव समूहमा छविलाल विश्वकर्मालाई पहिलो वरीयता दिइएको छ भने महेश बस्नेत अन्तिम स्थानमा परेका छन्। उल्लेखनीय रूपमा, ११औँ महाधिवेशनमा सचिव पदमा निर्वाचितमध्ये महेश बस्नेतले सबैभन्दा बढी मत ल्याएका थिए।
एमालेले तय गरेको पदाधिकारीहरूको वरीयताक्रम यसप्रकार छः
१. अध्यक्ष : केपी शर्मा ओली
२. उपाध्यक्ष : रामबहादुर थापा
३. उपाध्यक्ष : विष्णुप्रसाद पौडेल
४. उपाध्यक्ष : पृथ्वीसुब्बा गुरुङ
५. उपाध्यक्ष : गोर्कण विष्ट
६. उपाध्यक्ष : रघुजी पन्त
७. महासचिव : शंकर पोखरेल
८. उपमहासचिव : लेखराज भट्ट
९. उपमहासचिव : रघुवीर महासेठ
१०. उपमहासचिव : योगेश भट्टराई
११. सचिव : छविलाल विश्वकर्मा
१२. सचिव : पद्मा अर्याल
१३. सचिव : खगराज अधिकारी
१४. सचिव : भानुभक्त ढकाल
१५. सचिव : यामलाल कँडेल
१६. सचिव : शेरधन राई
१७. सचिव : राजन भट्टराई
१८. सचिव : हिक्मत कार्की
१९. सचिव : महेश बस्नेत










Facebook Comments