काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई पोखराको लेकसाइडमा रहेको डालिया होटेल प्रा.लि.ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई होटेलद्वारा तोकिएको विभिन्न सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

ad

सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेल प्रा.लि. को तर्फबाट बैंकका निर्देशक सिता रायमाझीले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई डालिया होटेलद्वारा प्रदान गरिने सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुनेछन् ।