बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि तनावपूर्ण अवस्था देखिएको थियो। विपक्षी सांसदहरूले प्रधानमन्त्रीबाट जवाफ माग गर्दै बैठक अवरुद्ध गरे पनि प्रधानमन्त्री शाह सदनमा उपस्थित भएनन्।

त्यसपछि सभामुख अर्यालले विपक्षीको विरोधकै बीच बैठकको कारबाही अघि बढाएका थिए। विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहे पनि सभामुखले कार्यसूची सञ्चालन जारी राखे।

ad

यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने आफ्नो आसनमा बसेर विपक्षीको प्रदर्शन हेरिरहेका देखिएका थिए। बैठक अन्त्य हुन केही मिनेट बाँकी रहँदा उनी सदनबाट बाहिरिएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक अब जेठ १२ गते बस्ने तय भएको छ।