यसैबीच, एमाले सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीभित्र कुन जिम्मेवारी दिने भन्ने विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताएकी छन्।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले भण्डारीले पार्टी सदस्यताका लागि निरन्तर इच्छा व्यक्त गरेपछि सदस्यता नवीकरण गरिएको जानकारी दिइन्। तर, पार्टीमा उहाँलाई कसरी सक्रिय बनाउने वा कुन भूमिकामा राख्ने भन्नेबारे कुनै निर्णय नभएको उनको भनाइ थियो।

ad

अर्यालले सर्वोच्च संवैधानिक पदमा पुगेका व्यक्तिलाई सक्रिय दलगत राजनीतिभन्दा विकास र सामाजिक अभियानमा केन्द्रित गराउने पुरानो धारणा भए पनि भण्डारीकै आग्रहपछि सदस्यता प्रदान गरिएको स्पष्ट पारिन्।

उनले वाम एकताको विषय समय–समयमा चर्चामा आउने गरे पनि तत्काल कुनै एकीकरण हुने अवस्था नरहेको बताइन्। यद्यपि, राजनीतिक दलहरूबीच संवाद र सहकार्य हुनु स्वाभाविक प्रक्रिया भएको उनको धारणा थियो।