
काठमाडौं । प्रतिनिधिसभा बैठक विपक्षी दलका सांसदहरूको अवरोध कारण १५ मिनेट स्थगित भएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै उठेर विरोध गरेपछि बैठक स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरेका थिए ।









Facebook Comments