
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै उनी प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहेर संसदप्रति जवाफदेही नभएकोमा प्रश्न उठाएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री शाह संसदको अंग हो कि होइन भनेर सभामुखलाई प्रश्न गरेका छन् । ‘उहाँ भिन्दै साम्राज्य, कहिँको टापुको सम्राट हो कि यो संसद्को अंग हो,’ उनले भने, ‘म यस विषयमा त्यता पनि सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो।’









Facebook Comments