काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखको भूमिका निष्पक्ष नदेखिएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने– प्रतिपक्षी दलहरुले सरकारलाई जबाफदेही बनाउन खोजिरहेका छन् । तर, यसमा सभामुखको साथ मिलेन ।  उनले सरकार र प्रधानमन्त्रीले संसदको मर्यादा कायम गर्नुपर्नेमा प्रधानमन्त्रीले सदनप्रति जिम्मेवार नभएको टिप्पणी समेत गरे ।

ad

उनले  प्रधानमन्त्रीमा सदनप्रति एलर्जी देखिएको आरोप समेत लगाए । अहिले सरकार क्रमभङ्गता शब्दमा रमाएको र सत्तारुढ दलका नेताहरु रफ्फु लगाउँदै हिंडेको उनको भनाई थियो ।