
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभा बैठकमा प्लेकार्ड देखाएर विरोध गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै जेठ ४ गतेदेखिका बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् ।
प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ स्वय् आफैँ उपस्थित भएर दिनुपर्ने उनको माग छ । सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए। साम्पाङले प्रधानमन्त्री शाहले रक्षा र गृह मन्त्रालय पनि सम्हालिराखेकोले संसदमा आफूसहित सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन बैठकमा आउनुपर्ने माग गरे । प्रतिनिधि सभा नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्री सदनमा आएर सांसदहरूले उठाएका प्रश्नमा जबाफ दिनुपर्ने उनको भनाई थियो ।










Facebook Comments