
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको विषय उठाउने नेताहरूलाई स्पष्ट चेतावनी दिएका छन्।
सोमबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले भनेका छन् कि पार्टी र नेतृत्व संकटमा रहेको बेला पुनर्गठनको बहस सुरु गर्नु अनुचित र अनावश्यक हो। एक वरिष्ठ नेताका अनुसार, अध्यक्षले यस विषयमा आक्रोश व्यक्त गर्दै सबैलाई अनुशासनात्मक कारबाहीको संकेत दिएका छन्।
उक्त नेताले बताए अनुसार, 'अध्यक्षले बैठकमा झन्डै एक घन्टा बोल्दै पार्टी पुनर्गठनको बहस गर्ने नेताहरू प्रति असन्तोष व्यक्त गर्नुभयो। उहाँको दृष्टिमा, पार्टी संकटमा रहेको समयमा यस्तो बहस गर्नु अराजकता हो।'
अध्यक्ष ओलीले सचिवालय बैठकमा कुनै व्यक्तिको नाम भने उल्लेख थिएन। तर, बैठकमा सहभागी नेताहरूको अनुमानअनुसार उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई र नेता सुरेन्द्र पाण्डेतर्फ लक्षित देखिएको छ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीको अप्रत्याशित हारपछि, केही संस्थापन नेताहरूले नेतृत्वले विकल्प प्रस्तुत गर्नुपर्ने दबाब दिएका थिए। उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरूङलगायत केही नेताहरू पुनर्गठनको पक्षमा छन्।
महासचिव शंकर पोखरेलले समेत नेतृत्वको विकल्प खोज्न थालेपछि अध्यक्ष ओली क्रूद्ध बनेका थिए। भट्टराईले बैठकमा प्रतिवाद गर्दै 'अब तपाईंले के जीत्ने योजना बनाउनुभएको छ ?' भन्ने प्रतिक्रिया दिएका थिए।
बैठकमा अन्य सदस्यहरूले पनि पुनर्गठनको बहसलाई लिएर प्रश्न उठाएका थिए। एक नेताका अनुसार, 'अध्यक्षले पुनर्गठनको विषयमा कारबाही गर्ने संकेत दिनुभयो, जसको जवाफमा बैठकमा जमेर प्रतिवाद भएको छ। आगामी बैठकमा यो बहस अझै तिव्र हुने देखिन्छ। उहाँ परिस्थिति मूल्याङ्कन, आत्मालोचन र अवरूद्ध आन्दोलनलाई समाधान दिने पक्षमा हुनुहुन्न।'
एमालेको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ। बैठकमा ११ बुँदे कार्यसूची तय गरिएको छ। सोमबारको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको थियो। आगामी बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।










Facebook Comments